Aamsanchar

थप ५७ हिमाल आरोहणका लागि खुलाउने तयारी

Author Image
शुक्रवार, साउन ३२, २०८१

काठमाडौं – सरकारले थप ५७ हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए। मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनले बताए।

विभागका अनुसार आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल(भारत तथा नेपाल(चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो।

खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको गुरुङले जानकारी दिए।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका छन्। हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ। तर पनि सबैमा आरोहण हुन सकेको छैन।

हाल पर्यटन विभाग र पर्वतारोहण संघले हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर