Aamsanchar

कक्षा ११ र १२ का एक सय ९४ जना विद्यार्थीलाई दाङकाे घोराही उपमहानगरद्वारा छात्रवृत्ति

Author Image
मङ्गलवार, भदौ ४, २०८१

दाङ – दाङको घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा ल्याएको जीपीएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि कुनै पनि शुल्क नलाग्ने भएको छ ।

घोराहीका ज्ञानसिन्धु, दाङभ्याली, अल्फा, माउन्ट भ्यू, नेपाल पुलिस, जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, दीपशिखा आवासीय मावि, विद्यानीलकण्ठ, गोरखा इन्टरनेशनल, गोदावरी, ग्यालेक्सी, गुरुकूल, मनकामना, मेचीकाली, शान्तिसुधा र हिन्दू विद्यापीठ गरी १७ वटा विद्यालयले नियममा भए अनुसार छात्रवृत्तिमा पढाउनुपर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर