Aamsanchar

बँदेल मारेको आरोपमा १० जना प*क्राउ

Author Image
बिहिवार, भदौ १३, २०८१

काठमाडौं – सप्तरीमा बँदेल मारेको आरोपमा गए राति प्रहरीले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १० जनालाई पक्राउ गरेको छ । सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

खेतमा स्थानीयले बँदेल मारेको र त्यहीँनजिक पूर्वडीआईजी पनि भेटिएका कारण सोधपुछका निम्ति नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेल बताए ।

“पक्राउ नै गरिएको भन्ने होइन । तर, बँदेल मारेको स्थाननजिकै उहाँ पनि भेटिएका कारण बुझ्न मात्रै ल्याएका हौँ,” डीआईजी पोखरेलले  भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर