Aamsanchar

पोर्चुगलले स्कटल्यान्डलाई हरायो

Author Image
सोमवार, भदौ २४, २०८१

यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले हराएको हो ।

स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो ।

यो जितसँगै पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भएको छ । समूह ए मा रहेको पोर्चुगल ६ अङकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर