गण्डकी-पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु.२५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार शाक्य छ दशकदेखि फोटोग्राफीमा सक्रिय हुनुहुन्छ । सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृृतिमा पुरस्कार स्थापना गरिएको हो । उहाँले ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 41