सुनसरी – बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडाको श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार भएको छ ।
टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरू अस्ति शुक्रवारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनुभयो ।
उद्धारका लागि हिजो बिहानैदेखि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसमका कारण शनिवार उनीहरूको उद्धार गर्न नसकिएको मेयर कार्कीले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 83