Aamsanchar

एनटीसीको टावरमा तोडफोड हुँदा एक हप्तादेखि सेवा प्रभावित

Author Image
सोमवार, असोज २८, २०८१

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी)को टावरमा अज्ञात समूहले क्षति पुर्‍याउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ ।

खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले यही असोज २३ गते क्षति पुर्‍याएको थियो ।

रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका बासिन्दा समेत मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बन्चित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेक्टर लोकेन्द्र सिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुर्‍याउनेहरुको पहिचान नभएको र अनुसन्धान जारी रहेको बताए ।

उनले  भने, ‘असोज २३ गते अज्ञात समूहले टावरमा प्रयोग हुने विद्युतीय उपकरणमा क्षति पुर्‍याएको थियो । मुचुल्का गरेर अनुसन्धान जारी राखेका छौं ।’ तर अहिलेसम्म कसैलाई नियन्त्रणमा भने नलिएको उनले बताए ।

घटनाबारे बुझ्न नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क स्थापित हुन सकेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर