Aamsanchar

बुद्धशान्ति २ का वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author Image
सोमवार, कार्तिक १२, २०८१

झापा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा पास तथा लेनदेन सिपारिशसम्बन्धी कामका लागि सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको ठहरिएपछि वडाध्यक्ष ओलीविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ओलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर