सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक र कर्मचारीले तलब भत्ताको माग गर्दै कार्यालयको मुल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
चालु आर्थिक वर्ष २०८१र८२ को साउन महिनादेखि अहिलेसम्म तलब, भत्ता उपलब्ध नगराएको भन्दै नगरपालिकाको सम्पुर्ण शिक्षक तथा कर्मचारीले कार्यालयमा हिजोदेखि तालाबन्दी गरेका हुन् ।
आन्दोलन परिचालन समितिको अगुवाईमा सम्पुर्ण शिक्षक र कर्मचारीले हिजो कार्यालयमा धर्नासमेत दिएका छन् । दशैँ, तिहार र छठ पर्वमासमेत तलबभत्ता नपाएको कर्मचारीको गुनासो छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा हुन नसकेकाले कुनै पनि आर्थिक कारोबार हुन सकेको छैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 57