Aamsanchar

बिर्तामोडमा कर्मचारी सञ्चय कोषको सेवा सुरु

Author Image
सोमवार, कार्तिक २६, २०८१

बिर्तामोड । कर्मचारी सञ्चय कोषले झापाको बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
आज (सोमबार) एक कार्यक्रमका बिच कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको उद्‌घाटन गरे ।

बिर्तामोडमा सेवा केन्द्र बिस्तारसँगै साबिकको मेची अञ्चलका झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता कोषको सेवा लिन विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । काठमाडौँ उपत्यका बाहिर ८ ओटा शाखा र कोशी प्रदेशमा विराटनगर शाखा, धनकुटा र बिर्तामोड गरि २ वटा सेवा केन्द्र भएको प्रमुख अतिथि धितालले जानकारी दिए ।

कर्मचारी सञ्चय कोष ऐन २०१९ बमोजिम सञ्चय कोष व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको कोशीले निवृत्तभरण कोष ऐन २०७५ बमोजिम २०७६ श्रावण पछि नियुक्ति हुने कर्मचारीको योगदानमा आधारित निवृत्तभरणको व्यवस्थापन, कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह गर्दै आएको छ भने सञ्चयकर्ताको सामाजिक सुरक्षालाई केन्द्रमा राखी सुत्केरी तथा शिशु स्याहार योजना, सञ्चयकर्ता स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपुर्ती योजना र काजकिरिया अनुदान योजना सञ्चालन रहेको जानकारी बिर्तामोड सेवा केन्द्र प्रमुख दीपेन्द्र सापकोटाले बताए ।

कार्यक्रममा विशेष अतिथि कोषका सहप्रशासक भरतराज वस्ती, विभागीय प्रमुख शान्ता गौतम, विराटनगर शाखा प्रमुख रामशरण अर्याल, नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष एकराज गिरी, सेवाग्राही देवेन्द्र हुमागाइ, जुनकीरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, लगायतले अब सुदूर पूर्वका सेवाग्राहीले सम्पूर्ण सेवा बिर्तामोड मै पाउने भएकोमा समय र छिटो सेवाका प्रवाह हुनेमा आशावादी रहेको मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर