Aamsanchar

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम

Author Image
आइतवार, मंसिर २, २०८१

काठमाडौँ –नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्वाचित भएका छन् । महासंघको दसौं र एघारौं वार्षिक साधारणसभाले न्यौपानेलाई पुनः निर्विरोध निर्वाचित गरेको हो । न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

 

सभाबाट तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, वाग्मतीबाट देवराज लुइँटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएको महासंघले जनाएको छ । यसैगरी महासचिवमा देवराज तामाङ निर्वाचित भएका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर