ताप्लेजुङ –विद्युत् प्रवाह भइरहेको तार चुँडेर लाग्दा घाइते मैवाखोला गाउँपालिका-३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ ।
उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार साङ्गे शेर्पाकी छोरी मंसिरी विद्यालयबाट घर फर्किरहेकी थिइन् ।
उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन् । घर फर्कने क्रममा उनलाई पोलबाट झरेको तारले लागेको थियो । यो क्षेत्रमा दुईवर्ष अघि पनि यस्तै गरि करेन्ट लागेर एकजनाको ज्यान गएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 37