इलाम- नक्कली फेसबुक आइडी बनाएर महिलाको सामाजिक रुपमा चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई इलामबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित नगाउँ कोलियावर सुलुङ ढोलपानीका २१ वर्षीय प्रशान्त दास रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दासले फेसबुक आइडीबाट चिनजान भएका इलामको सूर्योदय नगरपालिकाका–१ की एक महिलाले चलाउने गरेको फेसबुकबाट निजको परिवारको फोटो तानी महिलाका अन्य आफन्तको नक्कली फेसबुक आइडी बनाएको खुलेको डिएसपी मानबहादुर राईले बताउनुभयो ।
‘नक्कली आइडीबाट ती महिला समेतको फोटो पोस्टगरी चरित्रहत्या गरी दुःख अश्लील फोटो पठाएको पाइएको छ’ डिएसपी राईले भन्नुुभयो । पक्राउ गरिएका दासविरुद्ध विद्युुतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम जिल्ला अदालत इलामबाट दश दिनको म्याद थपेर अनुसन्धान सुुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेको राईले जानकारी दिनुुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 48