Aamsanchar

गएराति लमजुङ जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप

Author Image
आइतवार, मंसिर २३, २०८१

लमजुङ – बेंसीसहरस्थित जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप भएको छ। प्रहरीका अनुसार शनिबार राति ७ बजेतिर कैदी–थुनुवाको दुई पक्षबीच झडप भएको हो।

चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए।

झडपमा संलग्न कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया र तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको थुनुवा कक्षमा लगिएको छ। यस्तै, चौकीदार खुसीराम मग्रातीलाई पनि नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको डीएसपी श्रीवास्तवले बताए।

झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका छन्।

प्रहरीका अनुसार कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एक अर्काप्रति आरोप–प्रत्यारोप हुँदा झगडा भएको र थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर