Aamsanchar

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ११ जना पक्रा*उ

Author Image
आइतवार, मंसिर २३, २०८१

दमक-प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दमक चोकमा प्रधानमन्त्री ओलीको आगमनलाई लक्षितगरी कालो झण्डा देखाउने तयारी गरिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा शहरी बिकासमन्त्री प्रकाशमान सिंहलाई कालो झण्डा देखाउन खोजेपछि दमकको आकाशे पुल छेउबाट ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । कोशी प्रदेश नामकरणको बिषयमा असन्तुष्टि पोख्दै आएका समूहले कालोझण्डा देखाउने तयारी गरेको थियो ।

प्रधानमन्त्री ओली आइतवार विहान गृह जिल्ला झापा आउनु भएको छ । उहाँ दमकको ब्यापारीक कम्लेक्स उद्घाटनका लागि यहाँ आउनेक्रममा सडकमा निस्केर प्रदर्शनकारीले प्रदर्शन गर्न खोजेपछि प्रहरीले विहानैदेखि सुरक्षा ब्यवस्था कडा बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर