Aamsanchar

आज एनपीएलमा विराटनगरले पोखरा तथा काठमाडौंले जनकपुरसँग खेल्ने

Author Image
बिहिवार, मंसिर २७, २०८१

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रोमा काठमाडौं गुर्खाज् र जनकपुर बोल्ट्स भिड्ने छन् । प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ ।

काठमाडौंले हालसम्म दुई खेल जितेको छ । जनकपुरले पाँचमा चार खेल जितेको छ ।

चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ । दुवैले आज पाँचौं खेल खेल्दैछन् । लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर