Aamsanchar

सन् २०३४ को फिफा विश्वकप फुटबल एशियाली देश साउदी अरेबियामा हुने

Author Image
बिहिवार, मंसिर २७, २०८१

काठमाण्डौ – सन् २०३४ को फिफा विश्वकप फुटबल एशियाली देश साउदी अरेबियामा हुने भएको छ । साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रङ्गशालामा खेल खेलाइने छ ।

९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा रहेको बीबीसीले जनाएको छ ।

खेल हुने १५ मध्ये चारवटा रङ्गशाला बनिसकेको खबरमा उल्लेख छ । यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ ।

२०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी छ देशमा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर