काठमाडौं – नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङमा उत्रिएको विरानगरले ७ विकेट गुमाउँदै १३९ रन बनायो।
विराटनगरका लागि स्कट एडवार्ड्स ४५, लोकेश बम २६, निकोलश किर्तन १९, क्रिश सोल ७, मार्टिन गुप्टिल ५, नरेश भट्ट र दिपक बोहरा ४ रन बनाए। बसिर अहमद २१ र प्रतिश जीसी ४ रनमा अविजित रहे।
पोखराका लागि सागर ढकाल र रेमन रेफर समान दुई र कुशल भुर्तेल, दिनेश खरेलले समान एक एक विकेट लिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 24