Aamsanchar

विराटनगरविरुद्ध लक्ष्य पछ्याइरहेको पोखराको पहिलो पावरप्लेमा राम्रो सुरुआत

Author Image
बिहिवार, मंसिर २७, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो पावरप्लेमा राम्रो सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखराले ६ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ५९ रन बनाएको छ । पोखराबाट हाल क्रिजमा रहेका आन्द्रियस गौस ३५ र कप्तान कुशल भुर्तेल आठ रनमा खेलिरहेका छन् ।

पोखराले ओपनर दिनेश खरेललाई ११ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर