Aamsanchar

काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

Author Image
बिहिवार, मंसिर २७, २०८१

काठमाडौं – काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबु गणेशस्थानका ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित सातजनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।नगद ७२ हजार ५०० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै, ललितपुर महानगरपालिका–१४, तिखिदेवलका चमनसिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको टोखामा बस्दै आएका ३६ वर्षीय लोरबहादुर गुरुङसहितका व्यक्तिहरू छन् । नगद दुई लाख २४ हजार ६७५ रुपैयाँ र १३ बुक ताससहित बुधबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर