Aamsanchar

ठमेलमा झगडा गर्ने एक महिलासहित ५ जना पक्राउ

Author Image
बिहिवार, मंसिर २७, २०८१

काठमाडौँ – काठमाडौँको ठमेलस्थित कर्म क्लब नजिकै झगडा गरेर निरज बडूवाललाई कुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्तिक १६ मा द्यौसी खेल्ने क्रममा भेट भएका ५ जना युवाहरूले बडूवाललाई कुटपिट गरेका हुन् ।पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका लाक्पा शेर्पा, नुवाकोट तादी घर भएका रञ्जित तामाङ, तनहुँका कृष्पिन थापा उर्फ कृष्णवीर मगर, काभ्रेको रोशी घर भएका सोनु लामा र राधा लामा छन् ।

उनीहरुले रड र नक प्रयोग गरेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । आरोपीहरुविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने कसुर विरुद्धको जाहेरी दर्ता भएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर