Aamsanchar

धनगढीमाईमा दुर्घटना भएको कारबाट १३० किलो गाँजा फेला

Author Image
आइतवार, मंसिर ३०, २०८१

सिरहा – पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो।

खोजतलासका क्रममा प्रहरीले कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालक प्रहरी हिरासतमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर