Aamsanchar

दाङका कैदीबन्दी गलैँचा, मुडा बनाएर आयआजर्न गर्दै

Author Image
आइतवार, मंसिर ३०, २०८१

घोराही – यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुडा बनाएर आयआजर्न गर्दै आएका छन्। केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।

उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौनालगायत सामग्री पनि बनाउने गरेका छन्। घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि ८०० पाउने गरेका छन्। मुडा बनाएर मासिक चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्त तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ ।

‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ’, कार्यालय प्रमुख राठौरले भने, ‘भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्।’ हरेक आइतबार, मंगलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । १०० जना क्षमताको कारागारमा ४१५ बन्दी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर