Aamsanchar

सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो

Author Image
बिहिवार, पौष ४, २०८१

सप्तरी – सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । कोशी टप्पुबाट आएको जङ्गली जनावर अर्नाको आक्रमणबाट गम्भीर घाइते हुनुभएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–९ का शुभेलाल मण्डलको उपचारका क्रममा हिजो ज्यान गएको हो ।

मण्डल खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणमा पर्नुभएको स्थानीयवासीले बताएका छ । उहाँलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको मृतकका परिवारले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर