Aamsanchar

बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँड्ने पक्राउ

Author Image
शुक्रवार, पौष ५, २०८१

काठमाडौं – रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ ।उनीसँगै चोरीकै कसुरमा पक्राउ परेका डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल भने धरौटी बुझाएर रिहा भएका छन् ।

उनीविरुद्ध न्यायाधीश योङ्याको इजलासले ३ लाख धरौटी माग गरेको थियो ।ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।

उनले ल्यापटप चोरी गरेर थलाललाई बेच्ने गरेको खुलेपछि थलाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध परिसर ललितपुर गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ६ वटा चोरीको मुद्दा दायर गरेको थियो । उनीहरूबाट प्रहरीले चोरीका २६ वटा ल्यापटप बरामद गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर