




भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो । आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 64