

काठमाडौं – काठमाडौंबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद गरिएको हो । बुधबार बिहानै प्रहरीले बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, बरामद गरिएको रक्तचन्दनको तौल २०० किलोभन्दा धेरै छ ।

लामो समय रक्तचन्दनको तस्करी रोकिएको थियो ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 65