

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नबर ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय धेरै घरमा पिउने पानी वितरण गरेको छ ।

वडाले अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ ।

वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । यसले स्थानीयको वर्षौँदेखि पानीको समस्या समाधान भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 44