Aamsanchar

अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था

Author Image
शनिवार, माघ ५, २०८१

म्याग्दी – जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिशको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।

प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिशको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरसहित प्रशासनमा पठाउँछन्। सङ्केत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।

अनलाइन प्रणालीबाट नागरिकता सिफारिशसम्बन्धी सेवा प्रवाहका लागि वि.सं.२०६० चैत ७ गतेभन्दापछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर