

काठमाडौँ – सडक डिभिजन दाङले राष्ट्रिय राजमार्गअन्तर्गतका सडक क्षेत्रमा बिस्कुन सुकाउने, विज्ञापन बोर्ड राख्ने, सवारी पार्किङ, गाडी धुनेलगायतका कार्य नगर्न अनुरोध गरेको छ ।
डिभिजनले शुक्रबार सूचना जारी गर्दै डिभिजनको कार्य क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्गअन्तर्गत धानखोला–शिवखोला सडक खण्ड, मदनभण्डारी राजमार्गअन्तर्गत सीतलपाटी –खलङ्गा बालुवासंग्रही लगायतका सडकमा यस्तो कार्य नगर्न आग्रह गरेको छ ।

साथै यस्तो कार्य गरेको पाइएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 45