Aamsanchar

तमोर खोला किनारामा बेवारिसे शव फेला

Author Image
बिहिवार, माघ १०, २०८१

फिदिम- तुम्वेवा गाउँपालिका–१ र तेह्रथुम–६ थर गाउँपालिका ४ को सिमानामा पर्ने तमोर खोला किनारामा बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो स्थानीयले तमोर खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार शवको पहिचान गर्न र घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर