

सोलुखुम्बु-सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –५ थामेमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा –५ स्थित २१ तारा गुम्बाको छानो हावाहुरीले उडाएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजेको समयमा गुम्बाको ढुङ्गा माटोको गाह्रो र सिमेन्टको पिलर टिनको छानो भएको गुम्बाको छानो हावाहुरीले उडाएको हो ।

इलाका प्रहरी कार्यालय थाम्बुचेबाट शनिबार बिहान गएको प्रहरी टोलीले भत्किएको सामग्रीको व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 8