Aamsanchar

ठमेलस्थित गेष्ट हाउसमा २१ वर्षीया युवतीको शव फेला

Author Image
आइतवार, माघ १३, २०८१

काठमाडौं – काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ ।

रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर