Aamsanchar

महिलाको ज्यान गएपछि बाघ खोज्न शुरू, ४ ठाउँमा क्यामेरा जडान

Author Image
सोमवार, माघ १४, २०८१

बाँके – बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएपछि बाघ खोज्न शुरू भएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले ४ वटा ठाउँमा क्यामेरा जडान गरेर खोजी शुरू गरेको राप्ती सोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्जका प्रमुख मनोज शर्माले जानकारी दिनुभयो ।

भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि ४ वटा ठाउँमा क्यामेरा जडान भएको उहाँले बताउनुभयो । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको प्रमुख शर्माको भनाइ छ । निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताउनुभयो ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको भगवती सामुदायिक वनमा बाघको आक्रमणमा परी राप्ती सोनारी–८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएको थियो ।

स्थानीयवासीका अनुसार यो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यो सामुदायिक वन बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर