



ताप्लेजुङ- ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्धसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार करणी आरोपमा ६७ वर्षीय वृद्ध र ३२ वर्षीय युवक परेका हुन् ।

मोबाइल किनिदिने प्रलोभनमा पारी वृद्धले बालिकालाई आइतबार जबरजस्ती करणी गरेको आरोप छ । यस्तै, युवकले गत बैशाख १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शर्माका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 275