Aamsanchar

१ किलो चरेससहित बर्षिया युवती पक्राउ

Author Image
बिहिवार, माघ १७, २०८१

काठमाडौँ- प्रहरीले कपिलवस्तुबाट चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बस्ने ३० बर्षिया सरस्वती बिक छिन् ।

कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारत तर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले १ किलो २५ ग्राम लागुऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनिबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर