

झापा – फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।

शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ ।

शव बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

शवको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साह तेलीले जानकारी दिनुभएको छ ।


शनिबारनै झापाको माईमा सिटौलाको दाहसंस्कार गरिने छोरा कृष्णले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 75