Aamsanchar

अमेरिकामा बिरामी बोकेको विमान बस्तीमा खस्याे, ७ जनाको मृत्यु

Author Image
आइतवार, माघ २०, २०८१

अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये सात जना विमानमा रहेका र एक जना विमान खसेको भुइँमा रहेका व्यक्ति हुन् । बिरामी बोकेको विमानमा दुई जना पाइलट, एक जना डाक्टरसहित बिरामी र बिरामीका आफन्त थिए ।

मेक्सिकोको तिजुआनाका लागि उडान भरेको एक मिनेटमै विमान जमिनमा खसेको हो । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको भिडियो सार्वजनिक भएको छ ।

गएको बुधवार पनि अमेरिकाको वाशिङ्टन डीसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको ज्यान गएको थियो

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर