Aamsanchar

अमेरिका र क्यानडाकाे वाणिज्य टकराव : क्यानडाले पनि २५ प्रतिशत कर लगाउने

Author Image
आइतवार, माघ २०, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णयलाई अनुमोदन गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसको प्रतिक्रिया दिएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार एक पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि आफ्नै कर लगाउने बताए।

ट्रुडोले यो निर्णयको प्रत्यक्ष असर मूल्य र अमेरिकी अर्थतन्त्रमा पर्ने बताए। ट्रुडोले सामाजिक सञ्जालमा क्यानडाले यस्तो कार्य गर्न नचाहे पनि ट्रम्पको ट्यारिफ घोषणाको प्रतिक्रिया दिन भने तयार रहेको बताएका थिए।

 

ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन्।

उनले क्यानाडाली कम्पनीहरूलाई समय दिनको लागि, यो भन्सार मंगलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनहरूमा लागू हुने बताएका छन् भने बाँकी १२५ अर्ब डलर मूल्यका उत्पादनहरूमा आगामी २१ दिनमा लागू गरिने बताएका छन्।

शनिबार ट्रम्पले क्यानडा र मेक्सिकोका सामानमा २५५ र चीनकोमा १०५ कर लगाउने निर्णयमा अनुमोदन गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर