Aamsanchar

कानेपोखरीमा डुबेर एक जनाकाे ज्यान गयाे

Author Image
आइतवार, माघ २०, २०८१

उर्लाबारी- मोरङको कानेपोखरी ७ मा अस्थायी बसोवास गर्दै आउनु भएका ४६ वर्षीय कुलबहादुर गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो कानेपोखरी ७ को कानेपोखरीमा गिरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

अस्थायी प्रहरी चौकी कानेपोखरीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक राजेश श्रेष्ठका अनुसार पोखरी क्षेत्रमा वनभोज खान पुगेका मानिसहरूले डुबेको देखेपछि तत्काल कानेपोखरी गाउँपालिकाको नगरप्रहरीलाई खबर गरेका थिए । तर नगर प्रहरीले गहिरो पोखरीमा डुबेका गिरीलाई उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी पकलीको गोताखोर टिमलाई खबर गरिएको थियो ।

गोताखोर समूहले उद्धार गर्दा गिरीको मृत्यु इसकेको थियो । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५ स्यावुन घर भएका गिरीका आफन्तहरू आएपछि शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर