Aamsanchar

तमादीमा स्कार्पियो दुर्घटना

Author Image
बुधवार, माघ २३, २०८१

स्याङ्जा – वालिङ नगरपालिका-१४ तमादीमा  स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। वालिङ– पर्वत कच्ची सडकखण्ड अन्तर्गत वालिङबाट सिरबानी जाँदै गरेको जीप सडकबाट ४ मिटर तल खसेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

ग १ च ८९१३ नम्बरको स्कार्पियो दुर्घटनामा हुँदा वालिङ – १४ सिरबानीका ६३ वर्षीय उमापति डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, ५२ वर्षीय भिमप्रसाद डुम्रे र पर्वत पैँयु गाउँपालिका – ६ हुवासका ३३ वर्षीया कुमाकला तिवारी र ११ वर्षीय कमल तिवारी घाइते भएको पौडेलले बताए।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कार्पियोमा चालकसहित ८ जना रहेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी भनाई छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर