Aamsanchar

सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव फेला

Author Image
बुधवार, माघ २३, २०८१

काठमाण्डौ – रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।

मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर