Aamsanchar

मोटरसाइकल जोगाउन खोज्दा भित्तामा बस ठोक्कियो, एक जनाको मृत्यु

Author Image
बुधवार, माघ २३, २०८१

काठमाडौं – त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगे बाटो अवरोध गरिरहेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।

मोटरसाइकल जोगाउने क्रममा बसलाई भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो । लगभग १६र१७ जना दुर्घटनाबाट घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको ती प्रहरी अधिकारीले बताए । लगभग २ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर