Aamsanchar

साहारा चितवन सहकारी प्रकरण : वादी र जाहेरवालाको बहस सकियो, प्रतिवादीको तर्फबाट जारी

Author Image
बिहिवार, माघ २४, २०८१

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा वादी र जाहेरवालाका तर्फबाट बहस सकिएको छ।

वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू— बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्साका भोलानाथ निरौला, र धादिङका दशरथ पङ्गेनीले आफ्नो तर्कहरू प्रस्तुत गरेका थिए।

त्यस्तै, जाहेरवालाका पक्षमा वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठसहित अधिवक्ता रामचन्द्र गौतम, सुनिता अधिकारी, र सुरेन्द्र भण्डारीले बहस गरेका छन्।

हाल प्रतिवादी पक्षबाट बहस जारी छ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त बहस गरिरहेका छन्। प्रतिवादी रवि लामिछानेको पक्षबाट बहसका लागि वरिष्ठ अधिवक्ता पन्तसहित १० जना कानूनी प्रतिनिधिले वकालतनामा लिएका छन्।

लामिछानेको पक्षमा बहस गर्ने कानूनी टोलीमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, जगन्नाथ पौडेल, अधिवक्ता डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त, र दीपकराज तिमिल्सिना रहेका छन्।

सहकारी प्रकरणमा अदालतको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर