



सुर्खेत – मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका-१, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।


मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडकमै अड्केको र थापा सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 62