




पाँचथर- याङवरक गाउँपालिका-१ च्याङ्थापुनजिकै गौंथली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।तिमतिम्बुदेखि च्याङथापु बजार तर्फ आउँउदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा याङवरक-१ टिम्बुरे घर भएका २७ वर्षीय चालक दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 144