Aamsanchar

लौकहीबाट लागुऔषधसहित एकजना पक्राउ

Author Image
बुधवार, माघ ३०, २०८१

धरान – सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लौकहीबाट मधुवनतर्फ जाँदै गरेका बराहक्षेत्र नगरपालिका-८ चक्रघट्टी बस्ने २७ वर्षीय अर्जुन माझीलाई लागुऔषधसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।

उनका अनुसार माझीको साथबाट लागऔषध ट्रामोल-५० लेखिएको एकहजार ३ सय २० क्याप्सुल बरामद गरिएको छ । पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको एसपी तिम्सिनाले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर