Aamsanchar

सासूको हत्या गर्ने बुहारी पक्राउ

Author Image
बुधवार, माघ ३०, २०८१

काठमाडौं – धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।

घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर