Aamsanchar

आज पनि पोखरा सबैभन्दा धेरै प्रदूषित

Author Image
बिहिवार, फागुन १, २०८१

काठमाडौं –कास्कीको पोखरा सहर सर्वाधिक प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, बिहीबार मध्याह्न १२ बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १९४ पुगेको छ ।

यसअघि, बुधबार पनि कास्कीको पोखरा सर्वाधिक प्रदूषित थियो । बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई)१७९ पुगेको थियो ।

आज दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन भएको छ । सोही समयमा भरतपुरको एक्यूआई १६८ पुगेको छ । यस्तै, धनगढीको १५६ र हेटौँडाको १५१ मापन भएको छ ।

स्वास्थ्यका दृष्टिकोणले यी चार सहर अस्वस्थकरको सूचीमा छन् । पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०९.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानकोे एक्यूआई भने १५० भन्दा कम छ ।

वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २।५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २।५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २।५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर