



काठमाडौं – मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अटोचालकसहित दुईजना घाइते भएका छन्।

दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।


शुक्रबार बेलुकी ८ बजेतिर हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।


गम्भीर घाइते बम्जनलाई सीएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
अटोमा सवार पूजाका छोरा ११ वर्षीय अमृत घिसिङको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बाँसघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा गम्भीर चोट लागेको छ।
अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका- २ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।